काठमाडौँ – शुक्रबारचिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् ।
तीनदिने नेपाल भ्रमणको सिलसिलामा चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण आउने भएका हुन् । कार्यक्रमअनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौँ आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ।
नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दैछन्।
नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम समेत तय गरिएको छ।
Facebook Comments Box