काठमाडौं । नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए ।
सिंहदरवारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड cदिएका थिए । ‘प्रधानमन्त्रीले पनि म त एकदमै सहमत छु, काँग्रेससँग पनि कुरा गरौँ भन्नुभएको छ,’ एक नेताले भने ।
काँग्रेससँग साँझ ६ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ५ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।
Facebook Comments Box