महेन्द्रनगर – राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलायन्स) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा कोमल निरन्जन भाट सर्वसम्मत चयन भएका छन् ।
शनिबार धनगढीमा सम्पन्न भएको मानव अधिकार एलायन्सको प्रथम प्रदेश अधिवेशनले भाटको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटि सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा टेकबहादुर खड्का र उपाध्यक्ष(समावेशी) मा दुर्गाकुमारी नेपाली, सचिवमा राकेश दयाल, उपसचिवमा शंकर चदारा, उपसचिव (समावेशी) मा जयराम विश्वकर्मा र कोषाध्यक्षमा दीर्घराज ओझा सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष भाटले जानकारी दिए ।
उनकाअनुसार एलायन्सको प्रदेश समिति सदस्यमा पदम सुनार, जानकी साउद, गणेशप्रसाद जोशी र प्रमिला चौधरी चयन भएका छन् । बाँकी दुई जना सदस्यलाई भने प्रदेश कमिटिले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष भाटले जानकारी दिए ।
मानव अधिकार एलायन्सका केन्द्रीय इन्चार्ज पार्वत गुरुङको प्रमुख आथित्यतामा प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको थियो ।