काठमाडौं – नेपाली सेनाले उपरथी प्रेमप्रकाश शाहीलाई सेवाबाट हटाउने निर्णय गरेको छ।
महेन्द्रनगरपोस्टसँग कुरा गर्दै सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले आर्थिक अनियमितता प्रकरणमा दोषी पाइएपछि शाहीलाई हटाउने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार आर्थिक अनुशासनको विषयमा कोर्ट अफ इन्क्वायरीको सिफारिस अनुसार शाहीको मुद्दा सैनिक अदालतमा पठाइएको थियो। उपरथी ताराध्वज पाण्डे अध्यक्षतामागठन भएको कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीलेपेस गरेको प्रमाणको आधारमा सेवाबाट हटाउने निर्णय गरेको हो।
सुदूरपश्चिमको डोटी पुर्ख्यौली घर भएका उनी करिब ५० दिनदेखि सैनिक हिरासतमा छन्। यस्तै शाहीसँगै थप दुई सैनिक अधिकारीहरूलाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरिएको छ।
Facebook Comments Box