काठमाडौं – हिमालपारीको जिल्ला मनाङमा बुधबार (बिहान) देखि निरन्तर परेको हिमपातका कारण मनाङका बासिन्दाको जीवन कष्टकर बनेको छ । हिउँ परेसँगै मनाङका गाउँबस्ती, डाँडाकाँडा सेताम्मे बनेका छन् ।
बिहान देखि परेको हिमपातका कारण आवतजावत र कामकाजमा समस्या भएको छ । मनाङ सदरमुकाम चामेमा मात्र २ देखि ३ फिट बाक्लो हिउँ जमेको छ । जिल्लाका माथिल्ला भेगहरुमा अत्याधिक जाडो बढेको छ । बाक्लो हिउँ परेकाले बाहिर निस्कने अवस्था समेत नरहेको त्यहाँका स्थानीय बासिन्दा जिबन धमालाले बताए ।
Facebook Comments Box