काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले सुधार्न नसकेको बताएका छन्। शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई आफूले सुधार्न नसकेको टिप्पणी गरेका हुन्।
माओवादीलाई पखालेर बागमती नै मैलिएको टिप्पणी गर्दै उनले भने, ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो। मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो। डल्लाका डल्ला साबुन खर्च भयो। धुँदाधुँदा। हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा, साबन लाउँदा लाउँदा।
मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है।’त्यस्तै उनले युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको पनि बताएका छन्। उनले भनेका छन्, ‘युवाहरुले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि, राम्रा सुखका दिन ल्याउनका लागि, जनवादी शासन समादवादी शासन आउँछ भन्नका लागि ति देखाएका सपना।
युवाहरुको गल्ती के भयो भने प्रचण्ड जस्तालाई पत्याए। अलि अलि त मैले त पत्याएँ । सपार्न सकिन्छ कि जस्तो आँट आयो क्या मलाई । सकिन्छ होला भनेर मैले पनि कोशिस गरिहेरेँ । अन्तिममा त जहाँको त्यहीँ।’