काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो बारा-२ बाट उपचुनाव लड्ने भएका छन् ।
बारा-२ बाट महतोलाई उम्मेदवार बनाउने लोसपाले निर्णय गरेको छ ।
महतो गत चुनावमा सर्लाही-२ मा पराजित भएका थिए । धनुषा-३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।
बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।
४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए ।
Facebook Comments Box