काठमाडौँ- सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता फेरि बस्ने गरी स्थगित भएको छ । वार्तामा दुवै पक्षले आआफ्नो धारणा राखेका थिए।
वार्तामा आन्दोलनकर्मीहरुले राखेको नौबुँदे माग वार्ताटोलीकी संयोजक रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए।
मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले वार्ता बिहीबार नै फेरि बस्न गरी स्थगित भएको हो।
Facebook Comments Box