काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नका लागि मिटरब्याज पीडित बालुवाटार प्रवेश गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले भेट्नका लागि बोलाएपछि बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् ।
११ दिनको पैदल यात्रा गरेर गत आइतबार काठमाडौँ आइपुगेका महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाका मिटरब्याज पीडितसंग सरकारले वार्ता गर्नका लागि समिति बनाएको छ ।
मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। उनीहरूले गृह मन्त्रालयको वार्ता टोलीसँग पटक गरेको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन।
माग सम्बोधन नभएसम्म वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने तयारीमा रहेका पीडितले माग सम्बोधन नभएसम्म गाउँ पनि नफर्किने अडान लिएका छन्।
Facebook Comments Box