काठमाडौँ –नेपाली काँग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि महामन्त्रीद्वयलाई दुई निर्वाचन क्षेत्रमा खटाएको छ ।
उपनिर्वाचन हुने तनहुँ-१ मा महामन्त्री गगन थापा र चितवन-२ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको हो ।
उपनिर्वाचनका लागि सोमबार हुने मनोनयन दर्ताको कार्यक्रममा महामन्त्री थापा र शर्मा त्यसतर्फ जान लागेका हुन् । उनीहरूले त्यहाँ मनोनयन दर्तापछि आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।
काँग्रेसले बारा-२ मा भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यहाँ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन् । तनहुँ-१ मा काँग्रेसबाट गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
Facebook Comments Box