काठमाडौँ – सरकारसँग १८ चैतमा गरिएको सम्झौता अधुरो भएको भन्दै मिटरब्याज पीडितहरू आन्दोलनका लागि फेरि काठमाडौँ आउने भएका छन् ।
मिटरब्याज समस्या समाधानका लागि भन्दै सरकारले १८ चैतमा पीडितसँग सम्झौता गरेको थियो । पाँच बुँदे सम्झौतामा सरकारले मिटरब्याज समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गर्नेसमेत उल्लेख गरेको छ ।
तर, यो सम्झौताले मिटर ब्याजको समस्या समाधान नगर्ने बताउँदै पीडितहरूको अर्को टोली आन्दोलनका लागि फेरि काठमाडौँ आउँदै छ ।
सोमबार बिहान काठमाडौँ आइपुग्ने मिटर ब्याज पीडितले सिंहदरवार, बालुवाटार र संसद भवन अगाडि मार्च पास गर्ने र धर्ना गर्ने कार्यक्रम रहेको छ ।
Facebook Comments Box