धनगढी- सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एसईई परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ।
धनगढी उपमहानगरपालिका–१९ को फूलवारी माध्यमिक विद्यालयमा एसईइ दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिटबाट धनगढी उपमहानगरपालिका–१४ बस्ने चार जना विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि प्रहरीले संलग्नलको खोजी थालेको जानकारी दिए। उनकाअनुसार फूलबारीकै युवाका एक समूहले विद्यार्थीमाथि कुटपिट गरेको हो।
कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरुको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन।
Facebook Comments Box