कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचन आचारसंहिताको पालना सबैको दायित्व रहेको बताएका छन्।
निर्वाचन आयोग र नेपाल कानून समाजले आज धनगढीमा आयोजना गरेको ‘निर्वाचन आचारसंघिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालहरुको भूमिका’ विषय गोष्ठीमा उनले आचारसंहिता सबैले पालना गर्नु पर्ने बताएका हुन।‘नागरिकले आफूले नगर्नु पर्ने कार्यहरु नगरि दिए आचारसंहिताको आवश्यकता नै पर्दैनथ्यो’, उनले भने । ‘तर, त्यस्तो नभइ दिएकाले कानून, हाम्रो विधि र आचारसंहिता बनेको हो। यसको पालना सबैले गर्नु पर्दछ ।’
कार्यक्रममा निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, पूर्व सचिव बेगेन्द्र शर्मा पौडेल, नेपाल कानून समाजका निर्देशक कृष्णमान प्रधान लगायतकाले धारणा राखेका थिए।
Facebook Comments Box