धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले शिक्षा क्षेत्रमा रहेको राजनीति नभएर अराजनीति समस्या रहेको बताएका छन्। आज (बुधवार) धनगढीमा शिक्षा अधिकार अनुगमन समूहले आयोजना गरेको सार्वजनिक शिक्षा सुदृढीकरणमा राजनीतिक उत्तरदायित्व विषयक सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘पहिलो कुरा त अहिले दलाल पुजीवादीहरुले देश चलाइरहेका छन्। त्यसैले त्यसको प्रभाव सबै क्षेत्रमा परिरहेको छ,’ उनले भने,’शिक्षा क्षेत्रमा पनि प्रभाव छ। तर त्यहाँ राजनीति समस्या होइन, समस्या त अराजनीतिकरण हो। त्यसका कारण हामी अहिले यहाँ पुगेका छौँ।’ अराजनीतिक कुराहरुले समाजमा गलत कुरालाई प्रश्रय गरिरहेको उनको दाबी छ।
यस्तै उनले शिक्षा क्षेत्रमा गर्नुपर्ने काम, नीति निर्माण गर्ने कुरामा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।