कैलाली-सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा रहेको ३६ लाख बढी रुपैयाँको सुन तथा चाँदीका गहना बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२, त्रिनगरबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी रहेको र सो को मूल्य ३६ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ।
बरामद भएको सुन तथा चाँदीका गहना आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ ।
Facebook Comments Box