काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीहरूका लागि सरकारले कुनै काम नगरेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीहरूका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गरेका हुन् ।
विदेशमा रहेका नेपालीहरूले पैसा नपठाउने हो भने मुलुक श्रीलङ्का र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने, सरकारले अयोग्य लडाकुलाई करोडौँ रुपैयाँ बाँड्न सक्ने विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीहरूका लागि कुनै काम गर्न नसकेको प्रति उनले दुःख पोखे ।
Facebook Comments Box