धनगढीः कैलालीमा प्रहरी नै तस्कर भएको खुलेको छ। जिल्लाको भजनी नगरपालिका नजिकैको भारतीय बजारबाट प्रहरीले नै लागुऔषधको तस्करी गर्ने गरेको पाइएको हो।
बुधवार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिहं ऐरीको कमाण्डमा खटिएको टोलीले कुशुमघाटबाट ३३ ग्राम ब्राउन सुगरसहित दुई युवालाई प्रकाउ गरेको थियो। तीमध्ये एक जना ईलाका प्रहरी कार्यालय सुखडअन्तर्गत साडेपानी अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रहेको अनुसन्धानबाट खुलेको छ।
प्रहरी जवान अंकित चौधरी लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रकाउ परेका थिए। प्रहरी नै लागुऔषध कोरोवारमा संलग्न भेटिएपछि प्रहरी संगठनकै बदनाम भएको छ।
Facebook Comments Box