कञ्चनपुर: कञ्चनपुरमा चरेससहित ४ जना पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेको प्रहरीले बताएको छ ।
पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जाँच गरेको
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम चरेस र नगद २८ हजार पाँच सय बरामद गरिएको छ ।
Facebook Comments Box