काठमाडौं: आज प्रतिनिधिसभातर्फ रिक्त रहेकोतीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मतदान हुँदैछ ।
बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि उपनिर्वाचन हुन लागेकाे हाे ।
कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ-१, नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि चितवन-२ र जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो।
बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुँदैछ ।
Facebook Comments Box