काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरुविरुद्ध षडयन्त्र गर्न खाजिएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शान्तीपूर्वक भईरहेको उपनिर्वाचन बिथोल्ने प्रयास भएको बताएका हुन् । हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न उनले मतदातालाई आग्रह समेत गरेका छन्।
‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला।’
साथै, उनले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताएका छन्।
Facebook Comments Box