धनगढीः नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लोकेन्द्र ऐर एमाले प्रवेश भएका छन्। लोकेन्द्रले आज माओवादी केन्द्र परित्याग गरेका हुन्।
पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष बिष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलले ऐरलाई टीका र खादा लगाएर स्वागत गरे।शुक्लाफाटा नगरपालिका १ का स्थानीयबासी ऐरलाई गोदावरी रिसोर्टमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो।
उनी २०७४ सालको स्थानीय तह चुनावमा माओवादी केन्द्रका तर्फबाट शुक्लाफाँटाको मेयर पदका चुनाव लडेका थिए। ३० बैशाखमा सम्पन्न चुनावको बेला पनि अन्तिम अवस्थामा टिकट खोसिएपछि असन्तुष्ट रहदै आएका थिए।
माओवादीमा इन्चार्ज खगराज भट्टले पेलेको भन्दै असन्तुष्ट बनेका ऐरलाई एमाले युवा नेता वचन बहादुर सिंहलगायतले एमाले प्रवेशको वातावरण मिलाएका थिए।
Facebook Comments Box