धनगढीः धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्टलाई पदमुक्त गरिएको छ। सोमवार एसपीमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएको हो।
क्याम्पस प्रमुख योगराज गौतमले उनलाई पदमुक्त गरिएको विज्ञप्तीमार्फ जानकारी दिएका छन्। आरोपित भट्ट आजै पक्राउ समेत परेका थिए।
भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु गर्ने गरेको भट्टमाथि आरोप छ।
सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी थानामा लगेको थियो।
पीडित किशोरीहरुले आफूलाई भट्टले दुर्व्यवहार गर्ने गरेको कुरा फाइनान्स विषयको कोर्डिनेटर म्यामलाई जानकारी गराएपनि उनले घटना ढाकछोप गर्न दवाव दिएको बताएकी थिइन्। तर क्याम्पस प्रशासनले भने उक्त कुरा निराधार भएको दाबी गरेको छ। प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।