काठमाडौं: दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
विमानस्थल कार्यालयका प्रमुख प्रतापवावु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका छन्।
काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको तिवारीले बताए।
दुबईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए।
Facebook Comments Box