काठमाडौं: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ।
हालसम्म ५६ हजार ४ सय ९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्।
चितवन-२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ।
तर लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग मतान्तर ३२ हजार ६१२ बनाइसकेका छन् अर्थात् गन्न बाँकी मतभन्दा मतान्तर बढी भइसकेको छ।
यस हिसाबले रास्वपा सभापति लामिछानको जित पक्का भइसकेको छ।
Facebook Comments Box