मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका-३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाएका थिए। उनीमध्ये एक बालिकाले आफ्नो प्रेमीसँग बोलेको भन्दै गालीगलौच समेत गरेकी थिइन्।
प्रहरीले उक्त कुटपिटको भिडिओ समाजिक संजालमा सम्प्रेषण गरेपछि उनीहरुलाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनामा संलग्न १३ जना बालिकाहरुलाई नियन्त्रणमा लिएको हो।
मंगलबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।
पीडित बालिकाको हाल विर्तामोङस्थित बि एण्ड सि अस्पतालमा उपचार भइरहेको छ।