कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
कञ्चनपुरको वेदकोट नगरपालिका(३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे ।
वेदकोटमा एमालेले मेयर, उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा वडाध्यक्ष जितेको थियो । उपमेयर सुशीला सिंह भने एमालेमै छिन् । उनी एमालेको वेदकोट नगर कमिटी इन्चार्ज हुन् ।
Facebook Comments Box