कैलाली-धनगढीका मेयर नृप बहादुर वडको कार्यकालमा निर्माण भैरहेको धनगढी सिटी हलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित निर्माण भैरहेको सिटी हलको उद्घाटन कार्यक्रम रहेको नेपाली काँग्रेस कैलाली सचिव नृपबहादुर सुनारले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा चैत २४ गते धनगढी आउँदैछन्। भूमिहीनलाई लालपूर्जा वितरणका लागि उनी यहाँ आउन लागेको नेपाली काङ्ग्रेस कैलालीले जानकारी दिएको छ।प्रधानमन्त्री देउवा विहान जहाजमार्फत धनगढी पुग्ने जनाइएको छ।
संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँ लगानीमा सिटी हल निर्माण कार्य पूरा भएको भएको छ ।ठूला सभा, सम्मेलन आयोजना गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिका–८ मा सिटी हल निर्माण गरिएको हो।
सिटी हलमा साढे छ सयभन्दा बढी क्षमताको एउटा ठूलो र अढाई सय क्षमताको अर्को सानो गरी दुई वटा सभा हल रहेको छ। यसैगरी, सय÷डेढ सय सवारी साधन पार्किङ गर्न सकिने गरी अन्डर ग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ। भीआइपी कक्ष, लब्बी लगायतका संरचना सिटी हलमा रहेको छ।