काठमाडौँ – नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी पार्टी परिचालनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
बिहीबारदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए ।
आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शङ्कर पोखरेलले मार्गदर्शन पेस गरेको समेत रिजालले जानकारी दिए।
बिहीबार एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि अहिले वार्षिक कार्ययोजनाबारे सुझाव लिने काम भइरहेको रिजालले बताए।
Facebook Comments Box