कञ्चनपुर – कञ्चनपुरको दोदा नदि प्रभावित समूदायमा आधारभूत प्राथमिक उपचारसम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाको आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा वैशाख २६ गतेदेखि २९ गतेसम्म चलेको तालिमको आज समापन भएको हो।
एनएनएसडब्ल्यूए र एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले यस तालिमबाट २६ जना महिला र ४ जना पुरुष गरी ३० जना सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्भित भएको बताए। उनले भने, ‘परियोजनाले मनसून पूर्वतयारीका लागि सामूदायिक उद्धारकर्मिहरूलाई खोज तथा उद्धारसम्बन्धी तालिम यसअघिनै दिइसकेको छ। अहिले आधारभूत प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न गरेका छौँ। अब पूर्वसूचना प्रणालिसम्बन्धी तालिमको आयोजना गर्ने तयारी रहेको छ।ू
तालिमको समापन सत्रमा बोल्दै पुनर्वास नगरपालिकाका नगर उप–प्रमुख भुलिया कुमारी रानाले दोदा प्रभावित समूदायहरूका लागि यो तालिमको आयोजना गरी सहभागिहरूलाई जीवनोपयोगी शिक्षामार्फत क्षमता अभिवृद्धि गरेकोमा आयोजक एनएनएसडब्ल्यूएर एमरेड परियोजनालाई धन्यवाद दिइन्। उनले भविष्यमा हुन सक्ने कुनै पनि विपद्को घटनामा आफुले सिकेका ज्ञान सीपअनुसार मानविय सेवामा तम्तयार भयर लाग्नुपर्ने कुरामा जोड दिइन्।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले सामूदायिक आधारभूत प्राथमिक उपचार कार्यदलहरूलाई धन्यवाद दिँदै तालिममा सिकेका जीवनोपयोगी ज्ञान र सीपअनुसार विपद्को समयमा संगठित भई घाइतेहरूको ज्यान बचाउन अहम भूमिका निर्वाह गर्न आग्रह गरे।
पचपडिया सामूदायिक विपद् व्यवस्थापन समितिका सचिव ममता रानाले ४ दिने आधारभुत प्राथमिक उपचार तालिमबाट आफूहरूले जीवनोपयोगी शिक्षा पाएको र भोलिका दिनमा समूदायमा कुनै पनि दुर्घनटना भएमा ‘जानी गर्नु हानि नगर्नु’ भन्ने सिद्धान्तअनुसार घाइतेहरूको अवस्था अनुसारको प्राथमिक उपचार विधिमार्फत अस्पताल नपुग्दासम्म प्राथमिक उपचारमा खटिन प्रतिबद्ध रहने बताए।
एनएनएसडब्ल्यूए-का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले अध्यक्षता गरेको तालिमको समापन सत्रमा पुनर्वास नगरपालिकाका नगर उप(प्रमुख भुलिया कुमारी राना प्रमुख अतिथीको रूपमा उपस्थित रहेकी थिइन्। तालिमको प्रशिक्षण नेपाल रेडक्रस सोसाइटीका लक्षमण दत्त भट्ट, मनोज प्रसाद उप्रेती, धोके राना र विमला बोगटीले गरेकी थिइन्।