काठमाडौँ – बङ्गलादेशको राजधानी ढाकामा रहेका परराष्ट्रमन्त्री एनपी साउदले जापानका विदेश मामिलाका संसदीय उपमन्त्री ताकागी केईसँग भेटवार्ता गरेका छन् ।
ढाकामा जारी छैटौँ हिन्द महासागर सम्मेलन २०२३ मा सहभागी हुने क्रममा मन्त्री साउद र उपमन्त्री केईबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा द्विपक्षीय विकास सहयोग, व्यापार, पर्यटन र अन्य सान्दर्भिक विषयमा सुधार गर्ने रणनीति कार्यान्वयन गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
Facebook Comments Box