काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि हिजो एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
उनलाई हिजो साँझ नेपाल प्रहरीको विशेष ब्यूरोले बुढानिलकण्ठको पासीकोटबाट पक्राउ गरिएको हो । उनी त्यहाँ आफ्नो पूरानो साथीको एक घरमा लुकेर बसेका थिए।
अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा उनी लुकेर बसेका थिए। प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झ्याप भएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिएको एक अधिकारीले बताएका छन्।
उनले फरार रहँदा उनले संसद्लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए।
स्वास्थ्य जाँचपछि रायमाझीलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो। पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखिएको छ।
नक्कली शरणार्थीका नाममा ठगी गरेको आरोपमा अहिलेसम्म १३ जना पक्राउ परेका छन्। टोपबहादुरका छोरा सन्दीप वैशाख २० गते नै पक्राउ परेका थिए।