काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा भएको हो ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। भेटमा संघीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
Facebook Comments Box