कैलाली: नागरिक उन्मुक्ति पार्टीले हिजो राति कैलालीमा राँके जुलुस निकालेको छ। जिल्लाको पूर्वी क्षेत्र लम्की बजारमा जुलुस निकालिएको हो।
रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गरेको पार्टीले आफ्नो कार्यसूची अनुसार उक्त जुलुस निकालेको हो।
हिजो नै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको थियो।
आफ्ना माग पुरा नभए पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने र त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी पार्टीले दिएको थियो।
Facebook Comments Box