धनगढीः हिजो हुन नसकेको सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार आज गर्ने तयारी छ। हिजो सत्ता गठबन्धनको बैठक आज (शनिवार) विहान १० बजे मन्त्री परिषद् विस्तार गर्ने सहमति भएर सकिएको मुख्यमन्त्रीको सचिवालय जनाएको छ।
नागरिक उन्मुक्ति पार्टीले शनिवारसम्म समय मागेकाले शुक्रवार मन्त्रिपरिषद् विस्तारको काम रोकिएको सचिवालय जनाएको हो। सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि शुक्रवार हुने भनिएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम अन्तिम समयमा रोकिएको थियो।
नागरिक उन्मुक्तिले शनिवार बिहान १० बजेसम्मको समय मागेको छ। मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये १ जना र नेकपा माओवादी केन्द्रबाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आइसकेको छ। माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ।