काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज आइतबारलाई तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा आज मुद्दाको पेशी रहेको छ ।
गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।
सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो।
Facebook Comments Box