काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलका नेताहरूलाई चिया खान आउन निम्तो दिएका छन् । बुधवार संसदमा बोल्दै उनले आफ्नो र आफ्ना पार्टीका नेता तथा सांसदहरूको घरमा चिया खान आउन निम्तो दिएका हुन् ।
उनले जनताले आशा गरेर हेरिएको संसदलाई दुरुपयोग नगरिदिन पनि अनुरोध गरे । ‘यो ३० वर्षको मूल्याङ्कन गर्दा तपाईँहरूले संसदमा उभिएर एक अर्कालाई छेडखानी गर्नुपर्दैन । यस्तो कुरा घरमा चिया खाएर गर्दा हुन्छ,’ लामिछानेले भने ।
उनले अगाडि भने, ‘नेपाली जनताले आशा गरेर हेरिएको संसदलाई त्यसको दुरुपयोग नगरिदिनु अनुरोध गर्छु,’ उनले भने, ‘चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरूको घरमा आउनुस्, केही फरक पर्दैन । तपाईँहरुकैमा जानुपर्छ भन्ने छैन । अब चिया खाने थलो परिवर्तन गर्नुस् । चिया खाने थलोमा भर्खरै आएका सांसदहरूलाई पनि भेटघाट गर्नुस् । नयाँ दलहरूसँग पनि भेटघाट गर्नुस्, त्यसरी गरे राम्रो अभ्यास बस्छ ।’