काठमाडौँ: नुहाउदा जलाशयमा मोबाइल खसेपछि मोबाइल निकाल्न एक भारतीय सरकारी कर्मचारीले जलाशयको पानी नै खाली गरिदिएका छन्।
भारतीय राज्य छत्तीसगढको खेरकटा जलाशयमा आइतबार स्नान गर्दा ती खाद्य निरीक्षक राजेश विश्वासको मोबाइल खसेको थियो।
विश्वासले खसेको मोबाइल निकाल्न ६०० हेक्टर जमिनमा सिचाइ गर्न पुग्ने बराबरको पानी रित्याएका थिए।
तर , विश्वासको उक्त खसेको मोबाइल सामसुङ ग्यालेक्सी एस २३ भने पानी जमेर काम नलाग्ने भएको थियो। विश्वासलाई शुक्रवार जागिरबाट निलम्बन गरिएको छ।
Facebook Comments Box