धनगढी: हिजो रातिदेखि धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको धार्मिकस्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरू भयो। त्यो मेलामा रातिबाटै भक्तजनहरु मन्दिर तथा भगवान दर्शनका लागि आएका थिए। तर, मेलामा दर्शन गर्न गएका भक्तजनहरु त्यहाँ लुटिएका छन्। उनीहरु पार्किङको नाममा लुटिएका हुन्।
बेहडाबाबामा मेला व्यवस्थापन समितिले पार्किङको नाममा लुट मच्चाएको बताइएको हो। समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको एक सय, अटोरिक्सा पार्किङको दुई सय, ट्याक्टरको तीन सय, जिप र कारको दुई सय पचास र बस पार्किङ गरेको ४५० असुली गरिरहेका छन्। भक्तजनहरु लुटिन थालेपछि यसको चौतर्फी विरोध भएको छ।
यता मन्दिर व्यवस्थान समितिले भने पार्किङ शुल्क घटाएर लिने बताएको छ। यहाँ धनगढी, महेन्द्रनगर र भारतको उत्तर प्रदेशबाट भक्तजन आउने गर्दछन्।
Facebook Comments Box