अत्तरिया : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले भोलि गेटामा सडक बहस गर्ने भएको छ ।
सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि सघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत सडक बहस गर्न लागेको हो ।
सडक बहसमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजारा लगायत चिकित्सक र सरोकारवाला निकायको सहभागिता रहने सघर्ष समितिका सह–संयोजक आनन्द भट्टले बताएका छन । उनले बिहान ८ बजेदेखि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेट अगाडी सडकमा बहस कार्यक्रम संचालन गरिने बताए ।
सघर्ष समितिको आज बसेको बैठकले आइतबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी बिहान साढे १० देखि ११ बजे सम्म धर्ना दिने निर्णय समेत गरेको छ ।
सघर्ष समितिले आज आन्दोलनका कार्यक्रम अन्तरगत सुदूरपश्चिमका मुख्यमन्त्री र जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो ।