धनगढी: धनगढीमा २ लाख बराबर मूल्यका कुर्ती बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ ओमशान्ती टोलमा भारतबाट भन्सार छलेर ल्याइएका ५ सय थान बेवारिसे लेडिज कुर्ती बरामद गरिएको हो।
अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउदले बताए।
बरामद साडीको मूल्य २ लाख बराबर रहेको उनको भनाई छ।
Facebook Comments Box