कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयमा गर्मी बिदा दिएको छ ।गर्मी अत्यधिक बढेपछि भोलि जेठ २६ गतेदेखि ३० गतेसम्म ५ दिन विद्यालयहरुमा बिदा दिइएको हो ।
हाल बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे बिदाबाट मिलान हुने गरी सो अवधिमा विद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पत्राचार गरिएको जनाइएको छ ।
Facebook Comments Box