काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका छन् ।
उनले प्रधानमन्त्रीले सत्ता टिकाउन अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका हुन् ।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले तीन वटै अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले लोतन्त्रलाई कमजोर बनाउने बताए ।
‘तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनुभये । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ?,’ उनले भने, ‘यी कुराहरू अत्यन्त गम्भिर हुन्छन् भोलीका दिनमा। सरकार टिकाउन यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरूरी छ ।’
Facebook Comments Box