एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन्। बुधवार बिहान मियामी अदालत पुगेर उनले आत्मसमर्पण गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
आत्मसमर्पण लगत्तै उनलाई गिरफ्तार गरिएको थियो । अदालतमा करीब ४५ मिनेट चलेको बहसपछि उनलाई सशर्त रिहाइ गरिएको छ।
गोप्य दस्तावेज सम्बन्धी मुद्दामा ट्रम्पले आफू निर्दाेष भएको दाबी गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप राजनीति प्रेरित भएको बताएका छन्।
ट्रम्पले अब सहयोगी वल्ट नोटासँग कुराकानी गर्न पाउने छैनन्। उनी निजी विमानबाट अदालत आएका थिए।
गत वर्ष फ्लोरिडास्थित ट्रम्पको रिपोर्टमा एफबीआईले छापा मारेको थियो। जसमा ११ हजारभन्दा बढी दस्तावेज बरामद गरिएको थियो। जसमध्ये अमेरिकी प्रशासनको नियन्त्रणमा हुनुपर्ने दस्तावेज ट्रम्पको रिसोर्टमा भेटिएका थिए ।
Facebook Comments Box