कैलाली, सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि भएको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा काँग्रेस तीन मन्त्रालयलयसहित सरकारमा सहभागि भएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरे ।
यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो ।
यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजबादीकै कुलबीर चौधरी सोही स्थानमा नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छिन् भने उनको ठाउँमा अमर साउँद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ ।
नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुखले सपथ खुवाइएका छन्। स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराइएको हो । प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसद छन् ।