महेन्द्रनगर : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आज (आइतबार) दिउसो बर्दगोरिया गाउँपालिका–४ पुरैन तालमा करेन्ट लाग्दा सोहीँ ठाउँका ४५ वर्षीय प्रशादे साउदको मृत्यु भएको हो।
प्रहरीका अनुसार छिमेकी मोहन बुचामगरको घरमा आएका बेला साउदलाई करेन्ट लागेको थियो। बुचामगरको टिनले छाएको कच्ची भान्सा घरमा तानिएको बिजुलीको तार सर्ट भएर साउदलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते भएपछि साउदलाई घोडाघोडी अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले घटनास्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पत्ताल धनगढी पठाएको छ।
Facebook Comments Box