धनगढीः बाजुराको शैक्षिक विकासमा योगदान पुर्याएको भन्दै शिक्षाविद कृष्णबहादुर सिंहलाई धनगढीमा सम्मान गरिएको छ । बुढीगंगा नगरपालिकाले आज सिंहलाई स्वर्गीय ‘नरसिंह गिरी शैक्षिक’ पुरस्कारबाट सम्मान गरेको हो ।
नगरपालिकाको आठौँ नगरसभाबाट स्थापना गरिएको स्वर्गीय नरसिंह गिरी शैक्षिक पुरस्कारबाट बाजुराको शैक्षिक विकासमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सिंहलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
खप्तड छेडेदह गाउँपालिका–१ काँडा घर भएका उनी हाल धनगढी बस्दै आएका छन् ।
Facebook Comments Box