धनगढी : बैतडीको मेलौलीमा भएको बस दुर्घटनाका ४१ जना घाइतेलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ ।
मेलौली नगरपालिका–७ को सुवाखानीमा भएको बस दुुर्घटनाका २५ जना गम्भीर घाइतेसहितका ४१ जनालाई नै डडेल्धुरा पठाइएकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले ३ एम्बुलेन्स र ९ जिपबाट उनीहरुलाई थप उपचारका लागि डडेल्धुुरा अस्पताल पठाइएको बताए ।
पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस सोमबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ । उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
Facebook Comments Box