डडेल्धुरा: बैतडीको मेलौलीमा भएको बस दुर्घटनाका ४१ जना घाइतेलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ।
मेलौली नगरपालिका–७ को सुवाखानीमा भएको बस दुुर्घटनाका २५ जना गम्भीर घाइतेसहितका ४१ जनालाई नै डडेल्धुरा पठाइएकोे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले ३ एम्बुलेन्स र ९ जिपबाट उनीहरुलाई थप उपचारका लागि डडेल्धुुरा अस्पताल पठाइएको बताए।
४१ मध्ये हालसम्म २० जना डडेल्धुरा अस्पताल पुगिसकेका छन्। उनीहरुको उपचार सुरु भएको अस्पतालले जनाएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यी हुन् २० घाइते
थप २१ जना भने पुग्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहरप्रसाद भट्टले बताए।
पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस सोमबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ । उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।