डडेल्धुरा : लेखक रेभ डा. नरिराम लुहार (बिनोद) को ११औं किर्ती बजारमा आएको छ। मंगलबात कंचनपुरको भिमदत्त नगरपालिका- ९ मा रहेको ख्रीस्ट महिमा मंडलीमा आयोजित कार्यक्रममा नगर प्रमुख पदम बोगटीले उनीद्वारा लिखित ‘प्रभावकारी अध्ययन पद्धति’ बिमोचन गरेका हुन्।
लेखकले यो किर्ती सेकुलर अध्यन मका लागि समेत रहेको बताएका छन्म लेखकले थुप्रै पुस्तक यसअघि पनि बजारमा ल्याइसकेका छन्।
असफलताको कारण धेरै किशोर-किशोरीहरुले तनाव र लज्जास्पद अवस्था भएर आत्महत्या गर्ने तथा कुलतमा फस्ने जस्ता घटनाहरु न्यूनिकरण गर्नका लागि लामो सोधकार्य र अनुसन्धानपछि यो पुस्तक लेख्न बाध्य भएको लेखकले बताएका छन्।
उक्त पुस्तकमा अध्ययनको सही आरम्भ कसरी गर्ने , अध्ययनको आयोजना कसरी गर्ने ?, अध्ययनमा आरोग्यताको महत्व के हो ?, अध्ययनको लागि अनुकूल वातावरण कसरी सिर्जना गर्ने ?, प्रभावकारी अध्ययन गर्ने तरिकाहरु के-के हुन् ?, स्मरण शक्तिलाई कसरी बढ़ाउन सकिन्छ ? प्रभावकारी अध्ययन विधिहरु के-के हुन् ? परीक्षाको समयमा तयारी कसरी गर्ने ? र सोधप्रबन्ध कसरी लेख्ने भन्ने विषयवस्तुह समेटिएको लेखक लुहारले बताए ।