काठमाडौं: काठमाडौंको ठमेलस्थित एलओडीमा पुगेकी किशोरी बलात्कृत भएको प्रकरणमा २ कर्मचारी पक्राउ परेका छन्। प्रहरीले म्यानेजर सहदेव सेढाईँ र रिसेप्सनिस्ट सपना ढुंगानालाई पक्राउ गरेको हो।
यसअघि प्रहरीले एलओडीका दुवै सञ्चालकलाई पक्राउ गरेको थियो। किशोरीलाई एलओडीमा कसरी प्रवेश दिइयो भन्ने विषयमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो। एओडीमा पुगेर फर्केकी किशोरीमाथि बलात्कार भएपछि किशोर किशोरीलाई एलओडी प्रवेशमा प्रतिबन्ध भए पनि त्यहाँ किशोर किशोरी जाने गरेको खुलेको थियो।
प्रहरीले एलओडीका सञ्चालकलाई हाजिरी जमानीमा छाडेको छ। यो प्रकरणका बलात्कार आरोपी भने थुनामा छन्।
Facebook Comments Box